शनिबार र सार्वजनिक विदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं,३० जेठ ।
बैंक तथा वित्तिय संस्था शनिबार तथा सार्वजनिक विदामा पनि खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार तथा सार्वजनिक बिदामा पनि खोल्न निर्देशन दिएको छ । असार मसान्त नजिकिएपछि कर संकलनका लागि राष्ट्र बैंकले विदाका दिनहरुमा पनि बैंकहरुलाई शाखा, काउण्टरहरु एवम क्लियरिङ्ग सम्बन्धी कार्य गर्ने काउन्टर खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले करदातालाई कर तिर्न सजिलो होस् भनेर जेठ मसान्त ९३२ गते० सम्म बैंकका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।
सरकारले जेठ २५ गतेसम्म सबै करदातालाई कर तिर्न निर्देशन दिएको थियो । सर्वत्र विरोध भएपछि असार ७ गतेसम्म तिर्न म्याद थप्यो । तर सर्वोच्च अदालतले कर तिर्ने व्यवस्था लकडाउन खुल्ला भएको दिन पछिको ३० दिनभित्र बुझाउँदा हुने व्यवस्था गरेको छ । तर कतिपय व्यवसाय संचालन भएका र सक्ने करदाताले भने कर बुझाई रहेका छन् ।




















