बुधवार सुनको भाउ अहिलेसम्मकै महंगो, तोलाको ९१ हजार १ सय पुग्यो
प्रकाशित मिति: बुधबार, आषाढ १०, २०७७ | १२:१४:५०
काठमाडौँ,१० असार
सुनको मूल्य पुनः बढेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : बुधबार, आषाढ १०, २०७७ |
१२:१४:५०
4181




















