नेपालका लागि ५४ अर्बको सहयोग विश्व बैंकद्धारा स्वीकृत
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७७ | १२:०९:५६
काठमाडौ ,२९ जेठ ।
विश्व बैंकले नेपालको सडक क्षेत्र सुधारका लागि रू।५४ अर्ब २८ करोड बराबरको सहयोग स्वीकृत गरेको छ ।
नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग मुलत नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुनेछ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक बिस्तारका लागि अर्थ मन्त्रालय र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल भइरहेको थियो । यो खण्ड विस्तारका लागि रू। २० अर्ब ऋण लिने सरकारको तयारी थियो । यस अघि नारायणगढ–मुग्लिन सडकको विस्तार पनि विश्व बैंककै ऋण सहयोगमा गरीएको थियो ।
‘यी दुई सडक नेपालको कनेक्टभिटी तथा भारतलगायत अन्य देशहरुको सँगको व्यापारका लागी महत्वपुर्ण रहेको छ’, विश्व बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ २९, २०७७ |
१२:०९:५६
4643




















