आज पनि सुनको भाउ प्रतितोला ५ सयले घट्यो
प्रकाशित मिति: शुक्रबार, आषाढ १९, २०७७ | १३:२६:४९
काठमाडौं,१९ असार
पछिल्लो २ दिन सुनको भाउ घट्ने क्रममा रहेको छ । यसैक्रममा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर ९४० रुपैयाँमा आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो । त्यस दिन छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ थियो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १९, २०७७ |
१३:२६:४९
4379




















