सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा
प्रकाशित मिति: आइतबार, आषाढ २१, २०७७ | १४:४०:३४
काठमाडौं,२१ असार
नेपाल राष्ट्र बैंकले सोमबारदेखि बजारमा ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
साविककै आकारप्रकार तथा रंगमा संकेत नम्बर जर८९ ०००००१ देखि टर३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याउने भएको हो। यस नोटमा पनि ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०, रुपैयाँ पचास तुरुन्त पाइनेछ,’ भन्ने वाक्यांश उल्लेख गरिएको छ।
नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। त्यस्तै दायाँतर्फ लालीगुँरासको पानी छाप छ। नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ। त्यस्तै नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा हिउँ चितुवाको चित्र छ।

प्रकाशित मिति : आइतबार, आषाढ २१, २०७७ |
१४:४०:३४
7305




















