सुनको मुल्य घट्यो,तोलाको कति ?
प्रकाशित मिति: आइतबार, आषाढ २८, २०७७ | ११:३०:१९
काठमाडौं,२८ असार
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन तोलामा ९२ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको थियो । आज भने आज १ सयले गिरावट आएको छ ।
यस्तै तेजावी सुन ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ २८, २०७७ |
११:३०:१९
4951




















