फेरि बढ्यो सुनको मुल्य,हेर्नुस् कति पुग्यो तोलाको ?
प्रकाशित मिति: सोमबार, आषाढ २९, २०७७ | ११:४३:५०
काठमाडौं,२९ असार ।
नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी, चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ २९, २०७७ |
११:४३:५०
4511
























