सुनको मूल्य ह्वात्तै बढ्यो, एकैदिन १३०० बढेर ९४ हजार पुग्यो
प्रकाशित मिति: बुधबार, साउन ०७, २०७७ | ११:४७:५१
काठमाडौं,७ साउन।
बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार ३ सय र चाँदी ९५ रुपैयाँले बढेको हो ।
हिजो ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९३ हजार ५६० सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदीले नयाँ रेकर्ड कायम गरेको छ ।
प्रकाशित मिति : बुधबार, साउन ०७, २०७७ |
११:४७:५१
4313
























