फेरि बढ्यो सुनको मूल्य , कति पुग्यो आज प्रतितोला ?
प्रकाशित मिति: बिहिबार, साउन ०८, २०७७ | ११:५०:५८
काठमाडौं,८ साउन ।
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।
बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ०८, २०७७ |
११:५०:५८
4005
























