सुनको मूल्य प्रतितोला नै ९९ हजार पुग्यो
प्रकाशित मिति: बिहिबार, साउन १५, २०७७ | ११:५३:५२
काठमाडौं,१५ साउन
सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेको हो।
बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ९९ हजार रुपैयाँ पुगेको हो।
चाँदीको मूल्य भने आज घटबढ भएको छैन। बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोही दरमा बिहीबार पनि कारोबार सुरु भएको छ।
प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७ |
११:५३:५२
4159
























