सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख पुग्न सात सय बाँकी
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७ | ११:१७:१५
काठमाडौं,१६ साउन ।
सुनको मूल्य शुक्रवार वृद्धि भएको छ। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेर तोलाको ९९ सय हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य आज २५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७ |
११:१७:१५
4423
























