मानिस भन्दा लामो बोका, मूल्य १ लाख भन्दा बढि
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७ | १३:३३:३०
काठमाडौं, १७ साउन।
बकर ईदमा बलि दिनको लागि मानिसहरु एकदमै राम्रो बोकाको खोजी गर्छन । यसको लागि भारत तिर विशेष मेलाको पनि आयोजना हुन्छ । तर यो वर्ष भने कोरोनाको कारण घरमै रहेर चाडपर्व मनाईरहेको छन् ।

यसैबीच मानिस भन्दा पनि लामो एक बोकोले अहिले सबैको ध्यान तानेको छ । भारतको पञ्जावमा खदि भएको यो बोको करिव ८ फुटको रहेको छ ।

यसको तौल भने १४८ किलो रहेको छ । यसलाई अहमद उर्फ लाल बहादुरले बलीका लागि किनेका छन् ।

यसको मूल्य नै यति धेरै छ कि, हामी सुन्दै मात्र ट्वाँ पर्छौं । यसको मूल्य भारतीय १ लाख ५३ हजार रहेको छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : शनिबार, साउन १७, २०७७ |
१३:३३:३०
7459
























