फेरि बढ्यो सुनको मूल्य, तोलाको झण्डै एक लाख
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७ | १२:३६:५२
काठमाडौं,१८ साउन ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य आइतवार तोलाको रू।१ लाखको हाराहारीमा पुगेको छ । अघिल्लो दिनको तुलनामा रू।३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू।९९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ ।
महासंघका अनुसार गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रू। ९९ हजार ३०० रहेको थियो । यसैगरी महासंघले आइतवरका लागि तेजाबी सुनको मूल्य भने रू।९९ हजार १६० तोकेको छ ।चाँदीको मूल्य भने आइतवार प्रतितोला रू।१ हजार २३० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् । अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको रुपमा सुनलाई मानिएको कारण पनि सुनको मूल्य बढेको हो ।
प्रकाशित मिति : आइतबार, साउन १८, २०७७ |
१२:३६:५२
5303
























