कति छ सुन चाँदीको भाउ ?
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७ | १४:५०:२२
काठमाडौं, १९ साउन ।
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ ।
आइतवार प्रतितोला छापावाला सुन ९६ हजार ६ सयमा कारोबार भएको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९९ हजार १ सय ६० रहेको छ ।
आइतवार १ हजार २ सय ३० मा कारोबार भएको चाँदी सोमवार पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन १९, २०७७ |
१४:५०:२२
6227
























