आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, साउन २२, २०७७ | ११:०७:२०
काठमाडौं,२२ साउन ।
सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
छापावाल सुनको मूल्य बढ्दा बिहीबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबारै चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २२, २०७७ |
११:०७:२०
4731
























