सुनको मूल्य आज पुनः घट्यो , तोलाको ९८ हजार २००
प्रकाशित मिति: सोमबार, भाद्र ०१, २०७७ | ११:१३:४१
काठमाडौं,१ भदौ
आज सोमबार पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
यो आइतबारको मूल्यका तुलनामा २०० रूपैयाँ मात्रै घटेको हो। हिजो आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ९७ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र ०१, २०७७ |
११:१३:४१
4511


























