एसईईको नतिजा सार्वजनिक
काठमाडौं, १ भदौ ।
राष्ट्रिय परीक्षा बोर्डले विसं २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित गरेको छ । बोर्डको बैठकले केहीबेर अघि विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए।
परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

























