सुनको मूल्य मंगलबार तोलाको लाख नाघ्यो
प्रकाशित मिति: मंगलबार, भाद्र ०२, २०७७ | ११:३०:१७
काठमाडौं ,२ भदौ
सुनको मूल्य आज (मंगलबार) एक लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार २०० रुपैयाँ बढेर एक लाख ४०० रुपैयाँ कायम भएको छ।
हिजो यसको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन ९९ हजार ९०० रुपैयाँ निर्धारण हुँदा चाँदीको मूल्य एक हजार ३८० कायम भएको छ। चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०२, २०७७ |
११:३०:१७
4049


























