सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?
प्रकाशित मिति: बुधबार, भाद्र १०, २०७७ | १३:२३:२५
काठमाडौं,१० भदौ
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज ९बुधवार० सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३१० मा कारोवार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १०, २०७७ |
१३:२३:२५
4357


























