सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो
प्रकाशित मिति: बिहिबार, भाद्र ११, २०७७ | ११:१३:४२
काठमाडौं,११ भदौ
पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार फेरि बढेको छ । यसदिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ भने प्रतितोला १३ सय १० रुपैयाँ थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र ११, २०७७ |
११:१३:४२
5699


























