सुनको भाउ घट्यो , तोलामा कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, भाद्र १२, २०७७ | ११:१५:०१
काठमाडौं,१२ भदौ ।
सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपियाँमा कारोकार भएको थियो । शुक्रबार ९आज० तेजावी सुनको मूल्य ९६ हजार ४ सय रूपियाँमा कारोकार भइरहेको छ ।
हिजो बिहिबार चाँदीको मुल्य १ हजार ३सय ४५ मा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य १ हजार ३ सय ४० रूपियाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२, २०७७ |
११:१५:०१
4203


























