सुनचाँदीको भाउ बढ्यो,कति पुग्यो तोलाको ?
प्रकाशित मिति: सोमबार, भाद्र १५, २०७७ | ११:५२:२४
काठमाडौं,१५ भदौ
सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।
चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र १५, २०७७ |
११:५२:२४
5677


























