४ फिट लामो सर्प सुतिरहेको महिलाको मुखमा पसेपछि ……………..
काठमाडौँ,१६ भदौ।
रुसमा एउटा अनौठो घटना भएको छ। रुसको दागेस्तानमा बसोबास गर्ने एक महिलाको मुखमा सुतिरहेको अवस्थामा सर्प प्रवेश गरेको छ।
उक्त सर्प ४ फिट लामो रहेको समाचार माध्यम न्युयोर्क पोष्टले जनाएको छ। सर्प प्रवेश गरेको केहि समयमा महिलालाई समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आस्पतालमा चिकित्सकहरुले उक्त सर्पलार्ई ट्युबको माध्यमबाट महिलाको मुखबाट निकालेका हुन्।
महिलाको घाँटीमा एउटा लामो ट्यूब घुसाइ त्यसको सहायताले सर्पलाई बिस्तारै बाहिर निकालिएको हो। सर्पलाई बाहिर निकालेर त्यसको नाप लिँदा ४ फिट रहेको चिकित्सकहरुले बताएका छन्। दागेस्तानमा बसोबास गर्ने महिला आफ्नो घर बाहिरको बगैंचामा सुतिरहेकी बेला उक्त घटना भएको हो।
सुतेको समय उनको मुख खुला रहेको र त्यहि समयमा सर्प मुखबाट पसेर घाँटीमा अड्केको थियो। महिलालाई सास फेर्न अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो।
चिकित्सकहरु पनि सर्पको लम्बाई देखेर डराएका थिए । सर्पलाई घाँटीबाट निकालेपछि जिउँदो रहेको नरहेकोबारे केहि खुलासा नगरिएको न्युयोर्क पोष्टले जनाएको छ।


























