नेपाली बजारमा आज सुन चाँदीको मूल्य कति ?
प्रकाशित मिति: आइतबार, भाद्र २८, २०७७ | ११:४६:२५
काठमाडौं,२८ भदौ ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।
यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २८, २०७७ |
११:४६:२५
4445


























