ओसाकाले दोस्रो पटक युएस ओपन टेनिसको उपाधि जितिन्
प्रकाशित मिति: आइतबार, भाद्र २८, २०७७ | १२:४२:३७
काठमाडौं , २८ भदौ
जापानी टेनिस खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् ।
यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेकी हुन् ।
पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।
प्रकाशित मिति : आइतबार, भाद्र २८, २०७७ |
१२:४२:३७
4885






















