१३औं संस्करणको आईपीएल आजदेखि युएईमा सुरु हुँदै
प्रकाशित मिति: शनिबार, आश्विन ०३, २०७७ | ११:२१:५२
काठमाडौँ, ३ असोज
विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण युएईमा आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण यस पटक आईपीएल युएईको तीन मैदानमा हुने छ ।
यस सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किङ्स भिड्दैछन् । यस खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
खेल शेख जायद स्टेडियममा हुनेछ र दुवै टवली नयाँ सिजनमा सुखद सुरुवात गर्ने योजनामा छन् । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।
गत सिजनको रोमाञ्चक फाइनलमा मुम्बइले चेन्नाईलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रकाशित मिति : शनिबार, आश्विन ०३, २०७७ |
११:२१:५२
4599






















