टोटनहम फेरि अनुबन्ध गर्यो गारेथ बेललाई
प्रकाशित मिति: आइतबार, आश्विन ०४, २०७७ | १३:२५:२०
काठमाडौँ, ४ असोज
रियल मड्रिडका फरवार्ड गारेथ बेललाई प्रिमियर लिग क्लब टोटनहमले फेरि अनुबन्ध गरेको छ । ३१ वर्षीय बेल लाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
शनिबारै बेललाई आफ्नो क्लबको खेलाडीको रुपमा टोटेनहमले सार्वजनिक गरेको हो । उनले टोटनहममा रहदा ९ नम्बरको जर्सी लगाउने खेल्ने क्लबले जनाएको छ ।
उनि सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटनहमबाटै रियल पुगेका थिए । बेलले रियलमा रहँदा चार च्याम्पियन्स लिग उपाधि जित्नुका साथै सयभन्दा बढी गोल गरेका छन् ।
रियलका प्रशिक्षक जिदानसँग चिसिएको सम्बन्धको कारण उनले पछिल्लो समय रियलमा कम मौका पाउँदै आएका थिए ।
बेलले टोटनहम फर्किन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘यहाँ फर्कन पाउनु राम्रो हो । मेरो लागि यो विशेष क्लब हो । यो त्यो ठाउँ हो जहाँ मैले आप्नो नाम बनाएँ,’ बेलले भने ।
प्रकाशित मिति : आइतबार, आश्विन ०४, २०७७ |
१३:२५:२०
4379






















