ज्यासन होल्डर सनराइजर्स हैदरवादमा
प्रकाशित मिति: आइतबार, आश्विन ११, २०७७ | १५:०९:४४
काठमाडौँ, ११ असोज
सनराइजर्स हैदरवादले वेष्ट इन्डिजका अलराउण्डर तथा टेष्ट टिमका कप्तान ज्यासन होल्डरलाई भित्र्याइएको जनाएको छ ।
उनि अष्ट्रेलियन अलराउण्डर मिचेल मार्सको स्थानमा खेल्ने छ्न ।सनराइजर्स हैदरवादका लागि पहिलो खेल्ने क्रममा घाइते भएका मिचेल मार्स इन्डियन प्रिमियर लिग आईपीएलबाट बाहिरिएका छन् ।
रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा कम्मरको चोटका कारण मार्सले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
प्रकाशित मिति : आइतबार, आश्विन ११, २०७७ |
१५:०९:४४
4335






















