सुनको भाउ फेरि बढ्यो, तोलाको कति ?
प्रकाशित मिति: मंगलबार, आश्विन १३, २०७७ | १२:०२:२१
काठमाडौं, १३ असोज ।
मंगलबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यद्यपी अघिल्लो साताको मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन १३, २०७७ |
१२:०२:२१
4071


























