घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, आश्विन १५, २०७७ | १२:२८:५५
काठमाडौँ,१५ असोज ।
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आश्विन १५, २०७७ |
१२:२८:५५
4533


















