दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री
प्रकाशित मिति: सोमबार, कार्तिक ०३, २०७७ | १२:०६:५२
सिमकोट, ३ कात्तिक ।
हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिनुभयो ।
यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि दलित घरधुरीलाई सहयोग गरिएको छ । सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमी, उवा, जौ, गहुँलगायत अन्नबाली कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा छ । यसको निर्माण सामग्री र स्टेशनरी सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गर्नुभएको थियो । रासस
प्रकाशित मिति : सोमबार, कार्तिक ०३, २०७७ |
१२:०६:५२
4225


















