बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
प्रकाशित मिति: बिहिबार, कार्तिक ०६, २०७७ | ११:४९:४५
काठमाडौं,६ कार्तिक ।
बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको महासंघको भनाइ छ ।
तर, आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु. १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०६, २०७७ |
११:४९:४५
4115


















