आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा
प्रकाशित मिति: बिहिबार, कार्तिक ०६, २०७७ | १२:३२:२३
काठमाडौं ,६ कार्तिक ।
नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने बारे बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै जानकारी गराएको छ ।
बैंकले दशैलाई मध्यनजर गर्दै २० रुपैयाका नयाँ नोट बजारमा ल्याएको हो । मुद्रा व्यवस्थापन विभागका अनुसार २० रुपैयाँको नयाँ नोट साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको छ ।
त्यस्तै नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत, तल्लो भागको बोर्डरमा अंग्रेजीमा Series Number नेपालीमा वि सं २०७६ लेखिएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०६, २०७७ |
१२:३२:२३
4929


















