आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७ | ११:१०:३९
काठमाडौँ,२० कार्तिक ।
विहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको रु ९६ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी विहिबार चाँदीको मुल्य भने तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७ |
११:१०:३९
4599


















