कति छ आज सुनको मूल्य ?
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७ | १३:१२:३९
काठमाडौं, २९ मङ्सिर ।
नेपाली बजारमा स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २९, २०७७ |
१३:१२:३९
4225






















