शुक्रबार सुनचाँदीको मुल्य कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, पौष १०, २०७७ | ११:५८:२०
काठमाडौं, १० पुस ।
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १०० रूपैयाँ बढेको छ।
जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रूपैयाँ छ।
चाँदी भने हिजोकै भाउमा स्थिर रही प्रतितोला एक हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष १०, २०७७ |
११:५८:२०
4005
























