सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, माघ ०८, २०७७ | ११:३६:२३
काठमाडौं,८ माघ ।
बिहीबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९३ हजार एक सयमा कायम भएको छ। बुधबार सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १५ रुपैयाँ तोलामा वृद्धि भएर १२ सय ७५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लाे दिन चाँदी प्रतिताेला १२ सय ६० रुपैयाँमा बिक्री भएकाे थियाे।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : बिहिबार, माघ ०८, २०७७ |
११:३६:२३
5941
























