सोमबार तोलामा २ सयले घट्यो सुन
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७ | १५:३०:३५
काठमाडौं,१२ माघ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा दुई सयले सुनको मूल्य घटेको हो ।
सोमबार सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० ले कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने यथावत छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन ।
।
प्रकाशित मिति : सोमबार, माघ १२, २०७७ |
१५:३०:३५
4181
























