सुनको मूल्य तोलाको कति?
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७ | १५:०१:५२
काठमाडौं,१८ माघ ।
साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य तोलामा १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १३ सय २० मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ३५ ले बढेको हो ।
प्रकाशित मिति : आइतबार, माघ १८, २०७७ |
१५:०१:५२
4115
























