तोलामा ९ सय रुपैयाँले सस्तियो सुन,कति छ आजको मूल्य ?
प्रकाशित मिति: बिहिबार, माघ २२, २०७७ | १३:०९:२१
काठमाडौँ ,२२ माघ ।
बिहीबार सुनको भाउ प्रतितोला ९० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।
सोही परिमाणको तेजावी सुन ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७ |
१३:०९:२१
4335
























