सुनको मूल्य घट्यो,कति पुग्यो तोलामा ?
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७ | ११:५१:१२
काठमाडौं,२६ माघ ।
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ ।
छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोबार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोबार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २६, २०७७ |
११:५१:१२
4577
























