सुनको मूल्य घट्यो,कति छ तोलामा ?
काठमाडौं,माघ ३० ।
साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९१ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू एक हजार ३२० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ५ ले बढेको हो ।
























