बुधबार घट्याे सुनकाे मूल्य,तोलाकोे कति ?
प्रकाशित मिति: बुधबार, फाल्गुण ०५, २०७७ | १२:१३:५८
काठमाडौं, ५ फागुन ।
बुधबार सुनको भाउमा एक हजार रुपैयाँभन्दा बढीको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।
महासंघले आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ८०० सय रुपैयाँ र सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ निर्धारण गरेको छ ।
पछिल्लो केही दिनयता सुनको भाउ घट्दा पनि बढेको चाँदीको मूल्यमा भने आज प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्य तोलामा एक हजार ३६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०५, २०७७ |
१२:१३:५८
3939
























