आइतबार बढ्यो सुनको मूल्य,कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, फाल्गुण ०९, २०७७ | १२:४८:५६
काठमाडौं,९ फागुन ।
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला ८८ हजार २सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले बढेर तोलाको ८९ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर १३ सय ३० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०९, २०७७ |
१२:४८:५६
4203
























