घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
प्रकाशित मिति: बिहिबार, फाल्गुण १३, २०७७ | १२:०७:४२
काठमाडौं,१३ फागुन ।
मंगलबार ११ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको ८९ हजार ८०० कायम गरेको छ । सुन मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य तोलाको १३ सय ४५ कायम गरेको छ । मंगलबार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १३, २०७७ |
१२:०७:४२
4423


















