आजबाट राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद रिक्त
प्रकाशित मिति: मंगलबार, फाल्गुण १८, २०७७ | १४:३२:०३
काठमाडौं,१८ फागुन ।
आजबाट नेपाल राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नरको पद रिक्त भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आज फागुन १८ गते पूरा भएसँगै यी दुवै पद रिक्त भएको हो ।
डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी प्रावधान छ । गभर्नरको सिफारिसअनुसारको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद्मा लैजान्छन् । कानुनअनुसार, राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू मात्र डेपुटी गभर्नरका लागि योग्य हुन्छन् ।
राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । डेपुटी गभर्नरका लागि १७ जना नै प्रतिस्पर्धी भए पनि मन्त्रिपरिषद्ले नियुक्त गर्ने राजनीतिक पद भएकाले सत्ता निकट व्यक्ति डेपुटी गभर्नर हुने सम्भावना रहन्छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १८, २०७७ |
१४:३२:०३
4841


















