आज कति छ सुनचाँदीको बजारभाउ ?
प्रकाशित मिति: बिहिबार, चैत्र ०५, २०७७ | ११:४२:२३
काठमाडौं,५ चैत ।
तीन दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । हिजो (बुधबार) तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०५, २०७७ |
११:४२:२३
4687


















