यी हुन् संसारमा सबभन्दा लामो गोडा भएकी किशोरी
प्रकाशित मिति: बिहिबार, चैत्र ०५, २०७७ | १६:२७:१६
एजेन्सी,५ चैत ।
अमेरिकाको टेक्ससमा बस्ने १७ वर्षीया म्याकी क्युरिनको लामो गोडाले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेको छ ।
६ फीट १० इन्च अग्ली म्याकीले गोडैका कारण कीर्तिमान बनाएकी छन् ।
उनको दाहिने गोडा १३४.३ सेन्टीमिटर छ भने देब्रे गोडा १३५.३ सेन्टीमिटर छ ।
गिनिजको वेबसाइटमा लेखिएको छ ः असामान्य शारीरिक विशेषता भएका मानिसले लाज मान्नुपर्दैन भनी म्याकीले बताइन् । आफ्नो रेकर्डले सबै अग्ला महिलालाई प्रेरित गर्ने उनले बताइन् ।
म्याकीलाई लामो गोडाका कारण अलिअलि दुःख त हुन्छ तर उनले यसको फाइदा पनि उठाउने गरेकी छन् ।
उनी सामाजिक सञ्जालमा चर्चित छिन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०५, २०७७ |
१६:२७:१६
5897
























