शुक्रवार तोलामा ५०० ले घट्यो सुनको मूल्य,कति छ आजको भाउ ?
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०७७ | १३:४७:१९
काठमाडौं,६ चैत ।
स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८६ हजार ७०० रुपैयाँ पर्ने भएको हो ।
सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार २५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २७५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०७७ |
१३:४७:१९
4489


















