साताको पहिलो दिन शेयर बजार नेप्से ६३ अंकले बढ्यो
प्रकाशित मिति: आइतबार, चैत्र ०८, २०७७ | १८:०२:२३
काठमाडौं , ८ चैत।
साताको पहिलो दिन आइतबार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।
२६ सयको विन्दुभन्दा माथि लागिसकेको नेप्से परिसूचक केही दिन लगातार घट्दा २४ सय हाराहारीमा झरेको थियो । आइतबार ६३ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ५ सय ३८ दशमलव ४७ अंकमा पुगेको छ ।
कारोबार रकममा समेत केही दिन अघिको कारोबारको तुलनामा सुधार आएको छ । आइतबार १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०८, २०७७ |
१८:०२:२३
3939


















